राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाही केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत भएका छन् । उनलाई मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यसम्पादन समिति सदस्य मनोनीत गरेका हुन् ।
राप्रपा र सुशासनका लागि हाम्रो नेपाल हामी नेपाली अभियानबीच भएको सम्झौता र पार्टी विधान बमोजिम शाहीलाई कार्यसम्पादन समिति सदस्य मनोनीत गरिएको राप्रपाले जनाएको छ ।
यसअघि लिङ्देनले कार्यसम्पादन समितिमा २० जनालाई मनोनीत गरिसकेका छन् । राप्रपाका अनुसार ३३ सदस्यीय हुने कार्यसम्पादन समितिमा अब ११ जना मनोनीत गर्न बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।