जुम्लाका साढे ४२ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

जुम्लामा साढे ४२ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएकाे छ । 

२५ चैतदेखि आगामी १८ वैशाखसम्म सञ्चालन हुने खाेप अभियानमा १५ महिनादेखि १५ वर्षसम्मका ४२ हजार ४२० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको हो  । 

याे अभियान जुम्लासहित देशभर नै सञ्चालन हुँदैछ ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार सातवटै स्थानीय तहमा खाेप लगाउन टाेली परिचालन गरिनेछ । 

खाेपका लागि गाउँ तथा विद्यालयमा १ सय ९१ जनाको खोप टोली परिचालन गरिने छ ।

जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक लालबहादुर सार्कीले खोप अभियानलाई प्रभावकारी बनाउन सबै सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्ने बताए ।



चार वर्षमा टाइफाइडका ३५ सय बिरामी 

जुम्लामा चार वर्षमा टाइफाइटका ३५ सय बिरामी फेला परेका छन् । 



आर्थिक वर्ष २०७५/७६ मा ९७८, आव २०७६/७७ मा १ हजार १५८, आव २०७७/७८ मा ८७९ र चालु आवको ८ महिनामा ५९२ जना गरी ३ हजार ५९७ जना बिरामी फेला परेकाे स्वास्थ्य कार्यालयको तथ्यांक छ ।

नेपालमा पाँच वर्षमा ४ लाख ५० हजार बालबालिका टाइफाइडबाट ग्रसित भएका छन् । टाइफाइड शून्यमा झार्न सरकारले खाेप अभियान सञ्चालन गर्दै आएकाे छ ।

जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख सापकाेटाका अनुसार दूषित पानी र खानेकुराबाट टाइफाइड संक्रमणकाे जाेखिम रहन्छ । याे राेगका लक्षण ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, आन्द्रामा समस्या आउने लगायत छन् ।

  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार १०:३१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया