लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बबरमहलस्थित कार्यालयमा बोलाइएको बैठकमा स्थानीय चुनावको तयारीबारे छलफल हुनेछ ।
बैठकमा स्थानीय तहको निर्वाचनको रणनीति, चुनावी घोषणापत्रलगायतका विषयमा छलफल हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।