इजरायलकाे तेल अविव सहरमा हमला, पाँच जनाकाे मृत्यु

इजरायलको तेल अविव सहरको बाहिरी क्षेत्रमा भएको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ । 

एक साताभित्र घटेकाे याे तेस्रो घटना हो ।

घटना देशको सबैभन्दा अति-रूढिवादी यहूदी क्षेत्रमध्ये एकमा भएको इजरायली मिडियाले जनाएका छन् ।

गत मंगलबार र आइतबार इजरायली अरबीहरूले आक्रमण गरेपछि सुरक्षा बललाई उच्च सतर्कतामा राखिएको थियो । 

घटनास्थलको फुटेजमा बन्दुकधारी कालो कपडामा देखिएका छन् र उनको हातमा अटोमेटिक बन्दुक छ जसबाट उनीहरूले गोली चलाएका थिए । 

जेरुसेलम पोस्ट वेबसाइटका अनुसार, एक व्यक्ति कारमा र अन्य नजिकैको सडकमा मृत फेला परेका थिए ।



घटनापछि इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटले आपतकालीन सुरक्षा बैठक बोलाएका छन् ।

घटनाको जवाफ दिँदै उनले भने, ‘इजरायलले घातक अरबकाे आतंकवादको सामना गरिरहेको छ । हाम्रा सुरक्षा बल काम गरिरहेका छन् र हामी दृढताका साथ यो आतंकवादसँग लड्नेछौं।’ 
 



  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार १०:५२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया