महिला एकदिवसीय विश्वकप : अस्ट्रेलिया उपाधि नजिक

अस्ट्रेलिया न्युजिल्यान्डमा जारी आइसिसी महिला विश्कपकाे फाइनल प्रवेश गरेकाे छ ।

अस्ट्रेलिया आज सम्पन्न पहिलाे सेमिफाइनलमा वेस्ट इण्डिजमाथि १५७ रनकाे फराकिलाे जित हात पार्दै उपाधि नजिक पुगेकाे हाे ।

३०६ रनकाे विजयी लक्ष्य पछ्याएकाे वेस्ट इण्डिजले ३७ ओभरमा सबै विकेट गुमाउँदै १४८ रन मात्र  बनाउन सक्याे ।

वेस्ट इण्डिजका लागि कप्तान स्टेफनी टेलरले सर्वाधिक ४८ रनकाे याेगदान दिइन् ।

हेली म्यायुज र दियन्द्रा डाेतिनले ३४-३४ रन जाेड्दा अन्य ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।

अस्ट्रेलियाका लागि जेस जाेनासेनले २ तथा डार्सी ब्राउन, मेगन स्कट, एनावेल सथरल्यान्ड, ताहिला म्याकग्रेथ, एलना किंग र एस्ले गार्डनरले १-१ विकेट हात पारे ।



यसअघि वालिङ्गटनस्थित बेसिन रिजर्भमा  टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ३ विकेट गुमाउँदै ३०५ रन बनाएकाे थियाे ।

अस्ट्रेलियाका लागि एलिसा हेलीले शतकीय र राचेल हाइनेसले अर्धशतकीय पारी खेले ।



१०७ बलमा १२९ रन बनाएकी हेलीले १७ चाैका र १ छक्का प्रहार गरिन् ।

हाइनेसले १०० बलमा ९ चाैकासहित ८५ रन बनाइन् । बेथ माेनी ४३ र कप्तान मेग लनिंग २६ रनमा अविजित रहे ।

वेस्ट इण्डिजका लागि चिनेली हेनरीले २ तथा शमिलिया काेनेलले १ विकेट हात पारे ।

अस्ट्रेलियाले उपाधिका लागि दक्षिण अफ्रिका र इङ्गल्याण्डबीचकाे विजेतासँग प्रतिस्पर्धा गर्नेछ  ।

  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार १२:५४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया