कांग्रेस निर्वाचनमा कसैसँग गठबन्धन गर्दैन, आवश्यकताका आधारमा तालमेल हुन सक्छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसले निर्वाचनमा गठबन्धन नगर्ने बताएका छन् । सरकारमा रहेका अन्य दलले गठबन्धन गरेरै चुनावमा जाने बताइरहेका बेला युवा नेता पौडेलले यस्तो बताएका हुन् । 

फरकधारको विशेष संवादमा कुराकानी गर्दै पौडेलले कांग्रेसले चुनावी तालमेल गर्ने, तर गठबन्धन नगर्ने बताएका हुन् । अघिललो निर्वाचनमा एमाले–माओवादीले गठबन्धन गरेर बहुमत ल्याएको भए पनि मुलुकलाई स्थिरता दिन नसकेको पौडेलले बताए । स्थानीय निर्वाचनमा कांग्रेसले आवश्यकताका आधारमा तालमेल गर्ने र मुलुकलाई स्थिरतातर्फ लैजाने उनले दाबी गरे । कांग्रेसले समन्वयकारी भूमिका खेल्न सक्छ भन्ने कुरा प्रमाणित गरिसकेको नेता पौडेलले बताए । 

कुराकानीका क्रममा पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘गफाडीको राजा’को संज्ञा दिए । कुनै पनि तथ्यांकसँग मेल नखाने खालका भाषण गरेर उनले जनतालाई दिग्भ्रमित पारेको पौडेलको आरोप छ । ओलीले मानमर्दन गर्ने प्रतिस्पर्धामा सबैलाई जित्ने उनले बताए । पौडेलले भने, ‘कसैको मर्यादा नराख्ने, कसैको अस्तित्व स्वीकार नगर्ने, घोचपेच गर्ने नै केपी ओलीको विशेषता हो ।’  

ओलीले भनेकै भरमा हुने भएको भए देशमा यतिबेलासम्म रेल र पानीजहाज आइसकेको हुनुपर्ने उनले बताए । ओलीले घरघरमा ग्यास पाइप जोड्ने सपना बाँडेको स्मरण गराउँदै पौडेलले ओली एउटा गफाडी राजनीतिज्ञबाहेक केही नभएको आरोप लगाए । 

केपी ओलीले एमालेको मात्रै शक्तिले दुईतिहाइको प्रधानमन्त्री नभएको उनले बताए । माओवादी र एमाले मिलेर बनेको नेकपाको सही ढंगले नेतृत्व गर्न नसकेकै कारण उनले जनताले दिएको पाँच वर्षको म्यान्डेट पूरा गर्न नसकेको पौडेलको ठहर छ । त्यसैले ओलीको नेतृत्व प्रयोग भएर असफल भएको पौडेलले बताए । एउटा असफल नेतृत्वलाई पटक–पटक प्रधानमन्त्री बनाएर मुलुकलाई बर्बादीतर्फ लैजान जनता तयार नभएको उनले दाबी गरे । 

हेरौँ पौडेलसँगको फरक संवाद




 



 

  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार २१:५६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया