आइपिएल : बैंग्लाेरकाे पहिलाे जित

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गए रातिकाे खेलमा राेयल च्यालेन्जर बैंग्लाेर विजयी भएकाे छ ।

बैंग्लाेरले पहिलाे जित निकाल्ने क्रममा काेलकाता नाइट राइडर्सलाई ३ विकेटले पराजित गरेकाे हाे ।

१२९ रनकाे लक्ष्य बैंग्लाेरले ४ बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्‍याे ।

बैंग्लाेरका लागि सेफर्न रदरफाेर्डले सर्वाधिक २८ रनकाे याेगदान दिए ।

सहवाज अहमदले २७ बनाउँदा दिनेश  कार्तिक १४ र हर्षल पटेल १० रनमा अविजित रहे ।

काेलकाता लागि टिम साउदीले ३, उमेश यादवले २ तथा सुनिल नारायण र वरुण चक्रवर्तीले १/१ विकेट लिए ।



त्यसअघि मुम्बईस्थित डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे कोलकाताले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १२८ रन बनाएकाे थियाे ।

काेलकाताका लागि आन्द्रे रसेलले सर्वाधिक २५ रन बनाए ।



उमेश यादवले १८ र साम विलिंग्सले १४ रन जाेड्दा वरूण चक्रवर्ती १० रनमा अविजित रहे ।

बैंग्लाेरका लागि वानिन्दु हसरंगाले ४, आकश दीपले ३, हर्षल पटेलले २ तथा माेहम्मद सिराजले १ विकेट हात पारे ।

जितसँगै बैंग्लाेरले २ खेलमा २ अंक जाेड्दा पहिलाे पराजय बेहाेरेकाे काेलकाताकाे पनि समान खेलबाट २ अंक नै छ ।

पहिलाे खेलमा बैंग्लाेर पञ्जाब किंग्ससँग ५ विकेटले पराजित हुँदा काेलकाताले चेन्नइ सुपर किंग्सलाई ६ विकेटले हराएकाे थियाे ।

 

  • प्रकाशित मिति : चैत १७, २०७८ बिहीबार ७:४६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया