आजदेखि काठमाडाैंमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

पाँचाैं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महाेत्सव (निफ) आजदेखि काठमाडाैंमा सुरु हुँदैछ। २१ चैतसम्म चल्ने महाेत्सव राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा हुनेछ ।

गत वर्ष चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरोनाको कारण अन्तिम समयमा आएर भर्चुअलमा गरिएकाेमा यस पटक भाैतिक उपस्थितिमा हुन लागेकाे हाे ।

निफ अध्यक्ष केपी पाठकका अनुसार ३८ देशका ८९ वटा चलचित्रबीच प्रतिस्पर्धा हुनेछ । 

उनले भने, ‘५५ देशका ५ सय चलचित्रबाट छनिएका चलचित्र पक्कै पनि राम्रा होलान भन्ने लाग्छ । त्यसैले राम्रा र स्तरीय चलचित्र प्रेमी दर्शककाका लागि यो अवसर नै हाे।’ 

राष्ट्रिय तथा अन्तराष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरूको ७ वटा विधाको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ।

 





  • प्रकाशित मिति : चैत १७, २०७८ बिहीबार ९:१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया