गठबन्धनबाटै चुनावमा जान्छाैं, यसमा कुनै दुविधा छैन : प्रचण्ड
फाइल फाेटाे

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन गरेरै निर्वाचन जाने विषयमा कुनै दुविधा नरहेको बताएका छन् ।

बिहीबार रिपोटर्स क्लब नेपालको २४ औं वार्षिकोत्सवमा पूर्वप्रधानमन्त्री प्रचण्डले यस्ताे बताएका हुन् ।

उनले भने, ‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो । लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनाएका छौं । निर्वाचनमा गठबन्धनबाटै जाने भन्नेमा हामी प्रष्ट छौं ।’

उनले अगाडि भने, ‘कांग्रेसको कार्यसमितिले के गर्ला भन्ने थियो, कांग्रेसले पनि गठबन्धनलाई करिबकरिब कायम राखेर जाने भनिसकेपछि त्यसमा कुनै दुविधा हामीभित्र छैन । हामी मिलेर नै जान्छौं । आगामी निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र रूपमा होस् । परिणामले राजनीतिक स्थायित्वलाई एकतालाई प्रवर्द्धन गर्न मद्दत गरोस् भन्ने छ ।’

उनले अर्थतन्त्रलाई दुर्घटनाबाट बचाउन समयमै उपाय अबलम्बन गर्नुपर्ने पनि बताए । 


 





  • प्रकाशित मिति : चैत १७, २०७८ बिहीबार १०:३३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया