अछाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

अछाममा ट्याक्टर दुर्घटना हुँदा‍ चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय अन्दाजी २४ वर्षीय भुपेन्द्र शाही रहेका छन् । 

जिल्लाकाे पञ्चदेवल विनायक नगरपालिका-५ ल्याटीमा बुधबार बेलुकी ट्याक्टर पल्टिएर दुर्घटनामा परेकाे हाे ।

ट्याक्टरले च्यापिएका शाहीलाई जेसिबीको मद्धतले उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल मंगलसेन पठाइएको थियाे । उपचारकै क्रममा उनको राति साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

पञ्चदेवल विनायकबाट खाद्यान्न लिएर ल्याटीतर्फ जाँदै गरेको भे १ त ८९३४ नम्बरको ट्याक्टर बुधबार बेलुकी पौने ८ बजे पल्टिएको थियो ।  





  • प्रकाशित मिति : चैत १७, २०७८ बिहीबार १०:५२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया