नेपालले त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय सिरिजमा पपुवा न्युगिनी (पिएनजी)सँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पिएनजीका कप्तान असद भालाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपाल पहिला ब्याटिङमा उत्रने भएकाे हाे।
नेपालले आजको कुशल मल्लको स्थानमा आदिल अन्सारीलाई माैका दिएकाे छ।
आदिलले सिनियर टाेलीका लागि टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन् ।
आदिललाई नेपाली क्रिकेट टोलीका पूर्व क्रिकेटर तथा प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले डेब्यू क्याप दिए ।
नेपाली टिम:
सन्दीप लामिछाने (कप्तान), आदिल अन्सारी, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख , करण केसी, अभिनाश बोहरा, दीलिप नाथ (विकेटकिपर), आरिफ शेख र रोहितकुमार पौडेल ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।