राजधानीमा आयोजित एक कार्यक्रममा भाषण दिँदादिँदै प्रधानमन्त्री शेरबहादुर देउवा प्रवेश गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुविधामा परेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित रिपोर्टस् क्लबको २४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दैगर्दा प्रधानमन्त्री देउवा प्रवेश गरेपछि प्रचण्ड केहीबेर रोकिएका थिए ।
उनले प्रधानमन्त्री देउवालाई स्वागत गर्न आग्रह गरे । त्यसपछि उनले ऋषि धमलालाई प्रश्न गरेर 'हेलो ऋषिजी बोल्दै गरौँ कि के गरौँ ।'
सो क्रममा उनले अगाडि थपे, 'मैले बोल्दै गर्दा र सम्माननिय प्रधानमन्त्रीसँग सम्बन्धित कुरा उच्चारण गर्नेबित्तिकै प्रधानमन्त्री जी प्रवेश गर्नुभयो । म प्रधानमन्त्रीजीलाई हार्दिक धन्यवाद भन्न चाहन्छु ।'
भिडियो
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।