महिला विश्वकप : दक्षिण अफ्रिकालाई पराजित गर्दै इंग्ल्याण्ड फाइनलमा

इंग्ल्याण्ड न्युजिल्याण्डमा जारी महिला एकदिवसीय विश्वकपकाे फाइनल प्रवेश गरेकाे छ ।

इंग्ल्याण्डले बिहीबारकाे दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई १३७ रनले हराउँदै उपाधि भीडन्त पक्का गरेकाे हाे ।

२९४  रनकाे लक्ष्य पछ्याएकाे दक्षिण अफ्रिकाले ३८ ओभरमा सबै विकेट गुमाउँदै १५६ रन मात्र बनाउन सक्याे ।

दक्षिण अफ्रिकाका लागि मिग्नाेन डु प्रेजले सर्वाधिक ३० रनकाे याेगदान दिइन् । 

लारा गाेडेलले २८ तथा कप्तान सुने लुस, मारिजेन काप र त्रिसा चेट्टीले समान २१ रन जाेडे ।

इंग्ल्याण्डका लागि साेफी एक्लेस्टाेनले ६, अन्या श्रबसोलले २ तथा क्याथरिन क्रस र सार्लेट डिनले १/१ विकेट हात पारे ।



यसअघि क्राइस्टचर्चस्थित हेग्ले ओभलमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९३ रन बनाएकाे थियाे ।

इंग्ल्याण्डका लागि डानियल वायटले शतकीय पारी खेलिन् । १२९ रन बनाएकी उनले १२५ बलकाे सामना गर्दै १२ चाैका प्रहार गरिन् ।



साेफिया डंकलीले ७२ बलमा ४ चाैकासहित ६० रन बनाइन् । एमी जाेन्सले   २८ रन बनाइन् ।

दक्षिण अफ्रिकाको लागि शबनिम इस्माइलले ३, मारिजेन कापले र मसाबता क्लासले २/२ तथा अयाबोंगा खाकाले १ विकेट लिए ।

इंग्ल्याण्डले उपाधिका लागि अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । 

अस्ट्रेलिया वेस्ट इण्डिजलाई हराउँदै फाइनल पुगेकाे हाे ।

  • प्रकाशित मिति : चैत १७, २०७८ बिहीबार १४:५९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया