कर्णालीका पूर्वमुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव आचार्य एमालेमा प्रवेश

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीका स्वकीय सचिव कृष्णप्रसाद आचार्य नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमालेको कालीकोट जिल्ला कमिटीद्वारा बिहीबार आयोजित चुनावी आमसभा कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीको सदस्यता लिँदै नेता आचार्यले एमाले प्रवेश गरेका हुन् ।

आचार्यलगायत विभिन्न पार्टी परित्याग गर्दै आज कालीकोटमा चार सय बढी नागरिक एमाले प्रवेश गरेका छन् ।

चुनावी आमसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले पार्टीमा प्रवेश गर्ने सबैलाई स्वागत गरे । 

विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्ने उनीहरूमाझ अध्यक्ष ओलीले राष्ट्र निर्माणको बाटोमा लागेको एक मात्र पार्टी एमाले रहेको दाबी गरे ।





  • प्रकाशित मिति : चैत १७, २०७८ बिहीबार १६:१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया