नेपालमा पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना संक्रमण देखिएको छ । यो अवधिमा ४ हजार ९५१ जनाको एन्टिजेन तथा पिसिआर विधिबाट परीक्षण भएको छ ।
आज ८९ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६५ हजार ३९४ रहेको छ ।
आज संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । अहिलेसम्म ११ हजार ९५१ जनाको कोरोनाका कारण ज्यान गएको मन्त्रालयको तथ्यांक छ ।
देशभर १ हजार ८१ जना सक्रिय संक्रमित रहेका छन् । आज ६० हजार २६०९ जनालाई कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।