पर्सामा दुईवटा मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु

पर्साको पोखरिया नगरपालिका–३ मा बिहीबार दुईवटा मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । 

प्रहरीका अनुसार ना३प१०२६ र प्रदेश २–०३–००४प७४७६ नम्बरको मोटरसाइकल बिहीबार बिहान सवा १० बजे ठोक्किएका थिए । 

दुर्घटनामा परी मोटरसाइकल चालकहरु धोबिनी गाउँपालिका–२ गुलरियाका ३५ वर्षीय ललनप्रसाद कुर्मी र सखुवाप्रसौनी गाउँपालिका–५ बस्ने २९ वर्षीय हसिन्द्र  सहनीको घटनास्थलमै मृत्यु भएको हो ।  

दुर्घटनामा घाइते भएका दुईजनाको विरगन्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।





  • प्रकाशित मिति : चैत १७, २०७८ बिहीबार १८:२२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया