सरकारले बढायो सार्वजनिक सवारीसाधनको भाडा
फाइल तस्वीर

सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । पछिल्लो समय इन्धनको मूल्य बढ्दै गएपछि सरकारले सवारीसाधनको भाडा १३ प्रतिशतसम्म बढाएको हो । 

तेलको मूल्य वृद्धि भइरहँदा यातायात व्यवसायीले दबाब दिएपछि सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा हाल कायम रहेको दरमा ११ देखि १३ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो । 

मन्त्रालयले एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने यात्रुबाहक तथा मालबाहक सवारीसाधनमा मात्रै भाडा बढाएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।

उनका अनुसार रुटअनुसार बढेको भाडाको दर सूची आइतबार सार्वजनिक गरिने उनले बताए । तर, स्थानीयस्तरमा चल्ने सवारीसाधनको भाडा भने नबढ्ने उनको भनाइ छ । 

रुस-युक्रेन युद्ध सुरु भएसँगै पछिल्लो समय तेलको भाउ लगातार बढिरहेको छ । 
 





  • प्रकाशित मिति : चैत १७, २०७८ बिहीबार १९:२४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया