\


एमसिसी पक्षधर पुँजीपति वर्ग हुन्, यिनीहरूलाई गाउँबाट लखेट्ने अभियान चलाउनुपर्छ : विप्लव
फरकधार / १७ चैत, २०७८
यो सामग्री सेयर गर्नुहोस्

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसिसी पक्षधरलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै महासचिव चन्दले एमसिसी पक्षधरहरूलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन् । 

उनले देशमा चुनावको नाममा राष्ट्रवादी र राष्ट्रघातीको बीचमा ध्रुवीकरण भइरहेको उल्लेख गर्दै आफूहरू प्रगतिशील, देशभक्त र क्रान्तिकारी शक्तिहरूलाई एकतावद्ध गराउन गाउँमा पुग्नुपर्ने बताए । उनले एमसिसीका पक्षधरलाई दलाल पुँजीपति वर्गको संज्ञा दिँदै उनीहरूविरुद्धको लडाइँलाई गाउँसम्म पुर्या‍उनुपर्ने बताए । 

'हाम्रो पार्टीको सोचाइ छ कि यो लडाइँमा पनि हामीले प्रगतिशील शक्तिहरूलाई, देशभक्त शक्तिहरूलाई, क्रान्तिकारी शक्तिहरूलाई एकतावद्ध गराउन गाउँसम्म जानुपर्छ र राष्ट्रघाती, एमसिसी पक्षधर, देश बेचेर खाने या देशलाई संसदबाट आफ्नो एकाधिकार जसरी बेच्न खोज्ने दलाल पुँजीपति वर्गविरुद्धको लडाइँमा गाउँसम्म पुर्‍याउनुपर्छ र हामीले भनेका छौँ एमसिसी पक्षधरहरूलाई गाउँबाट लखेट्ने अभियान हामीले सञ्चालन गर्नुपर्छ' उनले भने ।



उनले एमसिसी सम्झौतालाई संसदको स्वीकृति र कुनै कानूनी मान्यताले लागू गर्न नसकिने बताए । कसैको आत्मसर्मपणले नेपालमा एमसिसी लागू हुन नसक्ने उनले दाबी गरे । महासचिव चन्दले एमसिसीविरुद्धमा नयाँ मोर्चा खोल्नुपर्ने र यसलाई कुनै पनि मूल्यमा रोक्नुपर्ने बताए । 

उनले नेपालको संसद र संसदवादी दलहरु नेपाली स्वाधिनता जोगाउन असफल भएको बताए । नेपाली जनताको आकांक्षा पूरा गर्ने जिम्मा कम्युनिस्ट, क्रान्तिकारीको काँधमा आएको उनको भनाइ छ ।



  • प्रकाशित मिति : चैत १७, २०७८ बिहीबार १९:३५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया