सार्कबारे अमेरिकाले चासो राख्योः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाले सार्कका बारेमा चासो राखेको बताए । भ्रमणमा भएको उपलब्धिका विषयमा मन्त्रालयलमा पत्रकार सम्मेलन गरेर मन्त्री ज्ञवालीले सो जानकारी गराएका हुन् । 

अमेरिकामा रहँदा मन्त्री ज्ञवालीले विभिन्न विषयमा छलफल र सम्झौता पनि भएको बताए । अमेरिका नेपालको आर्थिक विकासमा सहयोग गर्न तयार रहेको उनले बताए । 

मन्त्री ज्ञवालीका अनुसार त्यसका लागि अमेरिकाले नेपालको प्राथमिकताका बारेमा पनि जिज्ञासा राखेको थियो । नेपालले पछिल्लो समय बाह्य लगानी भिœयाउन कोसिस गरिरहेकाले त्यसमा सहयोग गर्न आग्रह गरेको पनि उनले बताए । 

भ्रमणकै क्रममा अमेरिकी विदेशमन्त्री माइक पोम्पेले उत्तर कोरियामा भएको निशस्त्रीकरणको विषयमा पनि चर्चा गरेका थिए । उनले कोरियाको समस्या शान्तिपूर्ण ढंगले समाधानका लागि प्रयास गरेको पनि बताए । यसका लागि मन्त्री ज्ञवालीले शुभकामना दिएको पनि बताए । 

यस्तै, पत्रकार भेटघाटमा मन्त्री ज्ञवालीले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको छानबिनको काम पनि अन्तिम चरणमा पुगेको जानकारी दिए । त्यसका लागि मन्त्रालयले समिति बनाएर छानबिन गरिरहेको थियो । 





  • प्रकाशित मिति : पुस ८, २०७५ आइतबार १५:१६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया