धनुषामा ‘घर–घर जाऊँ कांग्रेस जिताऊँ’ अभियान आरम्भ

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा धनुषामा घर–घर जाऊँ, कांग्रेस जिताऊँ अभियान आरम्भ गरेको छ ।

बिहीबार जनकपुरधाममा नेपाली कांग्रेस धनुषाको आयोजनामा केन्द्रीय सदस्य मञ्जु खाँणले अभियानको उद्घाटन गर्दै सुरुवात गरेकी हुन् ।

नेतृ खाँणले जनकपुरधाममा कांग्रेसभित्रका विभिन्न गुटउपगुट र समूहका कारण हार बेहोर्नु परिरहेको जिकिर गरिन् ।
 
उनले भनिन्,‘कांग्रेस हार्नुको एउटा मात्र कारण पार्टी भित्रको मनमुटाव र गुटउपगुट छ । यसलाई सुधार्न नेता कार्यकर्ताहरुलाई आग्रह गर्दछु ।’

उनले कांग्रेसलाई मन मस्तिष्कमा राखेर चुनावमा एकबद्ध भई लागेर अघि बढ्न कार्यकर्तालाई निर्देशन समेत दिइन् ।

नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारको अध्यक्षतामा आयोजित कार्यक्रमका अन्य वक्ताहरुले महिलालाई स्थानीय तहको निर्वाचनमा प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।
 
उनीहरुले महिलालाई स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा टिकट दिएर चुप लागेर बस्नुपर्ने बाध्यताको अवस्था सिर्जना गरिएको भन्दै यसपालि महिलालाई प्रमुख पदमा नेतृत्वदायी भूमिका दिनुपर्नेसमेत बताए ।





  • प्रकाशित मिति : चैत १७, २०७८ बिहीबार १९:४७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया