गठबन्धन बैठकमा प्रचण्डले भने– तालमेलको विषयलाई कांग्रेसले हल्का रुपमा लियो, एमालेसँग तालमेल हुन सक्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले चुनावी तालमेलको विषयलाई हल्का रुपमा लिएको भन्दै असन्तुष्टि जनाएका छन् । 

बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विश्वासिलो आधार नदिए नेकपा एमालेतिर जाने चेतावनी दिएका छन् ।

प्रचण्डले तालमेलमा ‘सम्मानजनक हैसियत’को विषय  उठाउँदै चुनावी तालमेलको विश्वासिलो आधार दिन कांग्रेससँग आग्रह गरे । 

मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सत्ता गठबन्धनका दलहरुसँग स्थानीय अवस्था र आवश्यकता अनुरुप गठबन्धन गर्ने निर्णय गरेको थियो ।

कांग्रेसको निर्णयले पूरै आश्वस्त हुन नसकेको भन्दै प्रचण्डले ‘तपाईंहरुले जित त सुनिश्चित गरिसक्नुभएकै छ, अब त्यसमा के छलफल गराई भयो र ?’ भन्दै प्रश्न गरेका थिए । 

आफूले नचाहँदा नचाहँदै पनि एमालेसँग गठबन्धन गर्नुपर्ने अवस्था आउन सक्ने र त्यसबाट सत्ता गठबन्धनलाई अप्ठ्यारो पर्न सक्ने चेतावनी दिएका थिए । 



बैठकमा प्रचण्डले २०७४ सालको निर्वाचनमा विजयी भएको स्थानलाई सोही दलका उम्मेदवारलाई छाडिदिने र बाँकी भागबन्डा गर्ने प्रस्ताव गरेका थिए । 



  • प्रकाशित मिति : चैत १७, २०७८ बिहीबार २१:२५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया