बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
आचार्यले बिहीबार बेलायती महारानीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । भर्चुअल रूपमा आयोजना गरिएको सो कार्यक्रममा राजदूत आचार्यले मध्याह्न बकिङहम प्यालेस पुगेर महारानीलाई ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।
राजदूत आचार्यले बेलायतका लागि २३औँ राजदूतको रूपमा गत फेब्रुअरी २३ मा आफ्नो पदबहाली गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।