आइपीएल: लखनउको पहिलो जित, चेन्नईको लगातार दोस्रो हार

चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ।

बिहीबार राति भएको रोमाञ्चक खेलमा चेन्नईले दिएको २११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लखनउले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेकाे हाे ।

लखनउका जितमा क्विन्टन डी ककले सर्वाधिक  ६१ रन बनाए । यस्तै इभिन लेविसले ५५ तथा  कप्तान केएल राहुलले ४० रनको योगदान गरे । चेन्नईका ड्वाने प्रिटोरिउसले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर २१० रन बनाएको थियो ।

चेन्नईका लागि रोबिन उथप्पाले  सर्वाधिक ५० रन बनाए । यस्तै शिबम डुबेले ४९ रन र  मोइन अलीले ३५ रन बनाए ।

लखनउका आभेस खान, एन्ड्रयु टे रबि बोस्नोईले समान२ विकेट लिए ।



हारसँगै चेन्नईले २ खेलमा अंक जोड्न सकेको छैन । पहिलो खेलमा चेन्नईलाई कोलकत्ता नाइट राइडर्सले हराएको थियो ।

जितपछि लखनउले २ खेलमा २ अंक जोडेको छ  । पहिलो खेलमा लखनउ गुजरात टाइटन्ससँग पराजित भएको थियो।



  • प्रकाशित मिति : चैत १८, २०७८ शुक्रबार ६:४७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया