काठमाडौंमा बुलेट ट्याङकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाण्डौको महांकालमा बिहीबार साँझ ग्यास बुलेट ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका काठमाण्डौ महानगरपालिका-१ घर भएका ६४ वर्षीय गुलाम मोहम्मदको उपचारको क्रममा वीर अस्पतालमा बेलुकी ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोहम्मदले चलाएको बा ६४ प ६३८० नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ०३ ००१ क ०५५१ नम्बरको ग्यास बुलेटले हिजो साँझ पौने ६ बजे ठक्कर दिएको थियो । 

बुलेट चालकलाई प्रहरी वृत्त जनसेवाले नियन्त्रणमा लिएको छ । 





  • प्रकाशित मिति : चैत १८, २०७८ शुक्रबार १०:४२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया