भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले जनता समाजवादी पार्टी गठबन्धन अनुसार अघि बढ्ने बताएकी छन् ।
शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री यादवले विभिन्न परिस्थितिलाई मध्यनजर गर्दै जसपा गठबन्धनकै निर्णयलाई आत्मसात गर्दै त्यही हिसाबले अघि बढ्ने बताएकी हुन् ।
उनले स्थानीय तहको निर्वाचनमा सबै पालिकामा गठबन्धन हुन नसके पनि आवश्यकता अनुसार गठबन्धन गर्न सकिने बताइन् ।
मन्त्री यादवले राजनीतिमा हरेक थोक सम्भव रहेकाले लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)नेपालसँग पनि गठबन्धन हुनसक्ने भन्दै उनले यसका लागि मन र नियत साफ हुनुपर्नेमा जाेड दिइन् ।
गठबन्धनका लागि मुख्य विषय एजेण्डा र विचार रहेकाले लोसपा सही नियतका साथ आए सम्भावना अझै जीवित रहेको उनको तर्क छ ।
मन्त्री यादवले भारतको राजधानी दिल्लीबाटै रेल्वेको समुद्घाटन हुने पनि बताइन्।
नेपाल रेल्वेको समुद्घाटन समेत प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मुख्य एजेण्डा रहेको उनकाे भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।