रुसी सेनाले चेर्नोबिल आणविक प्लान्ट युक्रेनलाई सुम्पियो

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले रुसी सेनाले चेर्नोबिल आणविक प्लान्टको नियन्त्रण छोडेको बताएको छ ।

आइएइएले रुसी सेनाले 'चेर्नोबिल आणविक प्लान्टको नियन्त्रण युक्रेनी कर्मचारीहरूलाई सुम्पेको' बताएको हो । 

प्लान्टका कर्मचारीले त्यहाँ बाहिरी व्यक्ति नभएको बताएका छन् । तर, आइएईएले यसअघि पुष्टि गर्न नसकिने बताएको थियो ।

रुसी सेनाले युद्धको सुरुमा चेर्नोबिल आणविक प्लान्टलाई नियन्त्रण लिएको थियो । तर, प्लान्ट सञ्चालन गर्न रुसी सेनाले युक्रेनी कर्मचारीलाई भने त्यहाँ राखेका थिए ।

चेर्नोबिल आणविक प्लान्ट १९८६ मा विस्फोट भएको थियो । अहिले यहाँ आणविक रिएक्टर नभए पनि यसलाई व्यवस्थित गर्न युक्रेनले कर्मचारी खटाउने गरेको छ ।





  • प्रकाशित मिति : चैत १८, २०७८ शुक्रबार ११:१६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया