प्रचण्डलाई विश्वप्रकाशको जवाफ : कम्युनिष्टले हामीलाई धर्मसंस्कृतिबारे पढाउनुपर्दैन

काठमाडौं– कांग्रेस महासमिति बैठकको अन्तिम दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले धर्मको विषयमा कम्युनिस्टले कांग्रेसलाई सिकाउन जरुरी नभएको बताए । 

कडा शब्दमा प्रवक्ता शर्माले भने, ‘कम्युनिस्ट पार्टीका मित्रहरु, जो द्वन्द्वात्मक भौतिकवाद पढेर हुर्किनुभएको छ, जसले धर्म अफिम हो भनेर वाल्यकालमै आफ्नो जीवन सुरुवात गर्नुभएको छ, उहाँहरुले धर्मकर्म, संस्कार र संस्कृतिको विषयमा कांग्रेसलाई पढाइरहनु जरुरी छैन ।’

शनिबार एक कार्यक्रममा नेपका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महासमिति बैठकमा हिन्दू धर्मको विषयमा चर्चा हुनु दुःखद् भएको बताएका थिए । त्यसैको जवाफमा कांग्रेस प्रवक्ताको यस्तो प्रतिक्रिया आएको हो ।

प्रवक्ता शर्माले कम्युनिस्ट नेतृत्वको सरकारले हालै एसिया प्यासिफिक सम्मेलनको नाममा एउटा धर्मलाई प्रश्रय दिएको आरोपसमेत लगाए ।

‘जसले नेपालको सनातन धर्म, नेपालको परम्परा, नेपालका भिन्न–भिन्न धर्म, संस्कृतिको सम्मान आदि कुरा भन्दा पर गएर एउटा निश्चित धर्मको प्रचारको सन्दर्भमा सरकारको संयन्त्र प्रयोग गर्छ, प्रधानमन्त्री सहआयोजकजस्तो गरेर बस्नुहुन्छ, होटलमा गएर बस्नुहुन्छ, होली वाइनको नाममा उल्लेख गर्न मिल्ने नमिल्ने कुरा ग्रहण गर्नुहुन्छ,’ प्रवक्ता शर्माले भने, ‘उहाँहरुले नेपालको धर्म, संस्कारको सन्दर्भ राख्नुपर्ने गम्भीर हेक्का राख्नुभएको छैन, त्यसमा हामीले विमति जनाएर हाम्रो दस्ताबेजमा उल्लेख गरेका छौं ।’

बैठकबाट पारित विधान उत्कृष्ट रहेको भन्दै शर्माले यसलाई नेकपा र अन्य दलहरुले पनि पछ्याउने दाबी गरे ।



उनका अनुसार कांग्रेसको विधानमा संविधानमा उल्लेखित ८ वटा आरक्षण क्लस्टरबमोजिम पदाधिकारी चयन गर्ने व्यवस्था छ ।



  • प्रकाशित मिति : पुस ८, २०७५ आइतबार १७:१३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया