करण जोहरकाे एक्सन फिल्ममा हृतिक राेशनले अभिनय गर्ने
फरकधार / १८ चैत, २०७८
यो सामग्री सेयर गर्नुहोस्

निर्देशक करण जोहरलाई लभस्टोरी फिल्मले बलिउडमा स्थापित गर्‍याे । ‘कुछ कुछ होता है’, ‘कभी खुसी कभी गम’लगायतका फिल्म उनको परिचय हो ।



उनले फ्यामिली ड्रामा र लभस्टोरीलाई न्यायपूर्वक पर्दामा उतार्दै आएका छन् । 



उनले गत वर्ष ‘घोस्ट स्टोरी’ फिल्मकाे निर्देशन गरेका थिए । यद्यपि फिल्मले साेचेजतिकाे सफलता भने पाउन सकेन।



‍करणले अब एक्सन फिल्म निर्देशन गर्ने भएका छन् । उनले तीन सय करोडको लगानीमा बन्ने फिल्मको कथामा काम गरिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन्।



केही समय अगाडि मुम्बईमा भएको एक इभेन्टमा होस्ट गरिरहेका करणले पनि आफूले छिट्टै एक्सन फिल्म निर्देशन गर्ने बताएका थिए।

उनले आफ्नो एक्सन डेब्युका लागि ऋतिक रोशनलाई चयन गरेका छन् । 



करणले ऋतिकको एक्सन र डान्सलाई दर्शकले रुचाएकाले करणले उनलाई अनुबन्ध गर्ने तयारी थालेका हुन् । 

करणले फिल्मलाई स्तरीय बनाउन कुनै सम्झौता नगर्नेसमेत बताएका छन् ।



  • प्रकाशित मिति : चैत १८, २०७८ शुक्रबार १४:४१:३७,   अन्तिम अपडेट : चैत १८, २०७८ शुक्रबार १५:५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया