उम्मेद्‍वार सिफारिस गर्न माओवादी केन्द्रले बनायो ६ मापदण्ड

नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार सिफारिसको मापदण्ड बनाएको छ । माओवादीले सिफारिसका लागि ६ बुँदे मापदण्ड बनाएको हो ।

मापदण्डमा माओवादीले पहिलेका प्रतिनिधिलाई सकेसम्म नदोहोर्‍याउने उल्लेख गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार जारी गरेको सर्कुलरमा ‘विशेष परिस्थितिमा बाहेक सामान्यतया विगतका प्रतिनिधिलाई नदोहोर्‍याउने उल्लेख गरिएको हो । 

यी हुन् माओवादीले​ बनाएको उम्मेदवार सिफारिसको मापदण्ड :

१. विशेष परिस्थितिमा बाहेक सामान्यतया विगतका प्रतिनिधिलाई नदोहोर्याउने । 

२. देश जनता पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको हुनुपर्ने । 

३. स्वच्छ छवि भएको हुनुपर्ने । 



४. विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति छनौटमा ध्यान दिने । 

५.पार्टी अनुशासनप्रति निष्ठावान हुनुपर्ने । 



६. समानुपातिक समावेशी प्रतिनिधित्वका आधारलाई विशेष ध्यान दिनुपर्ने । 

  • प्रकाशित मिति : चैत १८, २०७८ शुक्रबार १८:१०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया