म माओवादीमा प्रवेश गरेको छैन : दीपकराज गिरी

कलाकार दीपकराज गिरीले आफू कुनै पार्टीमा नलागेको बताएका छन् । गिरीले आफू माओवादीमा प्रवेश भएको समाचारको शीर्षक आएको र त्यसलाई हेरेर फोन र म्यासेज आएर हैरान भएको उनले बताएका छन् । 

शुक्रबार राति सामाजिक सञ्जालमा एक पोस्ट गर्दै गिरी माओवादीमा प्रवेश भनेको हेडलाइन मात्रै हेरेर फोन र म्यासेज आएर हैरान परेको उनले लेखेका छन् । 'म कहीँ गा छैन म कुनै एक पार्टीको होइन सबै पार्टीको हुँ,' गिरीले लेखेका छन् । 

केही समयअघि उनले माओवादीको पक्षमा एक स्टाटस लेखेका थिए । पछिल्लो समय कलाकारहरूको पार्टी प्रवेशको चर्चा चलिरहेको प्रसङ्गसँग उनको नाम जोडिएर समाचारहरू आएका थिए ।





  • प्रकाशित मिति : चैत १८, २०७८ शुक्रबार २१:५२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया