आर्थिक संकटकाे विराेधमा जनलहर उत्रिएपछि श्रीलंकामा आपतकाल घोषणा

श्रीलंकामा आपतकाल घोषणा गरिएको छ । आर्थिक संकटको विरोधमा सयौं प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ बढेको भोलिपल्ट सरकारले आपतकाल घोषणा गरेको हो । 

आपतकालसँगै सुरक्षा फौजलाई असीमित शक्ति प्रदान गरिएको छ ।  

राष्ट्रपति गोटाबाया राजापाक्षेले संदिग्धहरूलाई बिना कुनै मुद्दा चलाउन र हिरासतमा राख्न अनुमति दिने कडा कानुनको आह्वान गरेका छन् । 

राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शन भएपछि पछिल्ला घटनाक्रम विकसित भएका हुन् । 

‘सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवनका लागि अत्यावश्यक आपूर्तिका लागि आपतकाल घोषणा गरिएको’, उनले एक घोषणामा भनेका छन् ।

सरकारले राजधानी कोलम्बोसहित पश्चिम प्रान्तमा शुक्रबार राति कर्फ्यु लगाएको थियो । 



२ करोड २० लाख जनसंख्या भएको श्रीलंकाले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक ठूलो मन्दी सामना गरेको छ । 

मूल्य वृद्धि आकासिएको छ भने दैनिक १० घन्टाभन्दा बढी लोडसेडिङ भएको छ । कागजको अभावमा परीक्षाहरू नै स्थगित गरिएका छन् ।



  • प्रकाशित मिति : चैत १९, २०७८ शनिबार ७:३०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया