आइपिएल : पञ्जाबलाई हराउँदै काेलकाता शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गए रातिकाे खेलमा काेलकाता नाइट राइडर्स विजयी भएकाे छ ।

काेलकाताले दोस्रो जित निकाल्ने क्रममा पञ्जाब किङ्ग्सलाई ६ विकेटले पराजित गरेकाे हाे ।

१३८ रनकाे लक्ष्य काेलकाताले १४.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍याे । उसका लागि आन्द्रे रसेलले उत्कृष्ट प्रदर्शन गरे ।

३१ बलकाे सामना गरेका उनी आठ छक्का र दुई चाैकासहित ७० रनमा अविजित रहे ।

कप्तान श्रेयस अय्यरले २६ रन जाेड्दा साम बिलिङ्ग्स २४ रनमा अविजित रहे ।

पाँचाै विकेटका लागि रसेल र बिलिङ्ग्सले अविजित ९० रनकाे साझेदारी गर्दै टाेलीलाई सहज जित दिलाए ।



काेलकाताका लागि राहुल चहरले दुई तथा ओडियन स्मिथ र कागिसाे राबडाले एक/एक विकेट लिए ।

त्यसअघि मुम्बईस्थित वान्खडे स्टेडियममा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे पञ्जाबले १८.२ ओभरमा सबै विकेट गुमाउँदै १३७ रन बनाएकाे थियाे ।



उसका लागि भानुका राजापाक्षे सर्वाधिक  ३१ रनकाे याेगदान दिए । ९ बलमा सामना गरेका उनले समान तीन चाैका र छक्का प्रहार गरे ।

कागिसाे राबडाले २५ र लियम लिभिङ्गस्टाेनले १९ रन जाेडे ।

काेलकाताका लागि उमेश यादवले चार, टिम साउदीले दुई तथा शिवम्  मावी, सुनिल नारायण र आन्द्रे रसेलले एक/ एक विकेट हात पार्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयाे ।

जितसँगै शीर्ष स्थानमा उक्लिएकाे काेलकाताले ३ खेलमा ४ अंक जाेड्दा पराजित पञ्जाब २ खेलबाट २ अंकका साथ छैटौं स्थानमा छ। 

  • प्रकाशित मिति : चैत १९, २०७८ शनिबार ७:३७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया