भारतको नयाँदिल्लीमा आज नेपाल-भारत द्विपक्षीय बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले चारवटा परियोजनाको संयुक्त रूपमा उद्घाटन गर्दैछन् ।
निर्धारित कार्यक्रम अनुसार स्थानीय समयअनुसार शनिबार मध्यान्ह साढे १२ बजे नयाँदिल्लीस्थित हैदरावाद हाउसमा नेपाल–भारत द्विपक्षीय बैठक सम्पन्न हुनेछ ।
बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री शेरबहादुर देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गर्नेछन् ।
बैठक सम्पन्न भएपछि दुवै देशका प्रधानमन्त्रीले चारवटा परियोजनाको संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
उद्घाटन कार्यक्रम भने भर्चुअल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
संयुक्त रूपमा उद्घाटन गरिने परियोजनामा भूकम्पपछि पुनर्निर्माण भएका १३२ वटा स्वास्थ्य चौकी, नेपाल र भारतबीच रुपी कार्ड सञ्चालन, ९० किलोमिटर लामो १३२ केभीको सोलु करिडोर प्रसारण लाइन र कुर्था-जयनगर ३५ किलोमिटर रेल सेवा रहेका छन् ।
हैदरावाद हाउसबाट दुवै देशका प्रधानमन्त्रीले रिमोर्टमार्फत् यी परियोजनाको उद्घाटन गर्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।