माटो खन्ने क्रममा एक महिलाको मृत्यु, एक घाइते
सांकेतिक तस्बिर

अछाममा घर पोत्ने माटो खन्ने क्रममा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन् ।

मृत्यु हुनेमा जिल्लाको मंगलसेन नगरपालिका वडा-७ कि २६ वर्षीया धनसरा जैशी रहेकी छन् । 

‍घर पोत्नका लागि माटो खन्ने क्रममा शनिबार माटोले पुरिएर मृत्यु भएकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएकाे छ।

जाल्पादेवी सामुदायिक वन क्षेत्रमा पर्ने सो घटनामा सोही गाउँकी १४ वर्षीया चन्द्रा जैशी गम्भीर घाइते भएकी छन् । 

घाइते जैशीको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको छ ।


 





  • प्रकाशित मिति : चैत १९, २०७८ शनिबार १०:११:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया