भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर परियोजनालाई अघि बढाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग सहमति भएको बताएका छन् ।
‘पावर सेक्टरमा सहयोगको अवसरको लाभ लिनुपर्छ भन्नेमा हामी सहमत भएका छौं । पञ्चेश्वर तीव्र गतिमा अगाडि बढाउन जोड दियौं । यो क्षेत्रको विकासका लागि गेम चेन्जर परियोजना हुनेछ,’ हैदराबाद हाउसमा देउवासँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले भने ।
उनले नेपालको जलविद्युत् क्षेत्रमा भारतीय कम्पनीको अधिक सहभागिताका लागि सहमति भएको पनि बताए । ‘नेपालबाट पावर ल्याउने अरू प्रोग्रामलाई स्वीकार गर्दैछौं,’ प्रधानमन्त्री मोदीले भने ।
उनले प्रधानमन्त्री देउवा र आफूले व्यापार र सबै प्रकारका क्रस बोर्ड कनेक्टिभिटीलाई प्राथमिकता दिने सहमति गरेको पनि जानकारी गराए । साथै, प्रधानमन्त्री मोदीले खुला सीमानाका दुरुपयोग हुन नदिने विषयमा पनि देउवासँग छलफल भएको बताए । ‘ओपन बोर्डरको दुरुपयोग नहोस् भनेर छलफल गरौं । सुरक्षा सहयोगमा जोड दिएका छौं,’ उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।