नेपाल र भारतबीचको मित्रता विश्वमै कहीँ देख्न पाइँदैन : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको सम्बन्ध विश्वमा कतै नभएको बताएका छन् । आज नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले भारत र नेपालबीचको मित्रता विश्वमै कहीँ नरहेको बताएका हुन् ।  

‘भारत र नेपालबीचको मित्रता, हाम्रा नागरिकबीचको सम्बन्धजस्तो उदाहरण विश्वमै कहीँ देख्न पाइँदैन,’ प्रधानमन्त्री मोदीले भने, ‘अनादिकालदेखि हामी एक अर्काका सुख/दुःखका साथी रहेका छौँ ।’ 

साथै, उनले पञ्चेश्वर परियोजनालाई अघि बढाउने विषयमा प्रधानमन्त्री देउवासँग सहमति भएको पनि बताए । 

‘पावर सेक्टरमा सहयोगको अवसरको लाभ लिनुपर्छ भन्नेमा हामी सहमत भएका छौं । पञ्चेश्वर तीव्र गतिमा अगाडि बढाउन जोड दियौं । यो क्षेत्रको विकासका लागि गेम चेन्जर परियोजना हुनेछ,’ मोदीले भने ।  

पत्रकार सम्मेलनअघि दुवै देशका प्रधानमन्त्रीले जयनगर-कुर्था रेल, सोलु करिडोर प्रसारण लाइन, डिजिटल भुक्तानी ‘रूपे’ उद्घाटन गरेका थिए । 





  • प्रकाशित मिति : चैत १९, २०७८ शनिबार १४:३३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया