अध्यक्ष ओली ‘व्यस्त’ हुँदा बस्न सकेन नेकपा स्थायी समिति बैठक, २ दिनका लागि स्थगित

काठमाडौं– सत्तारूढ नेकपाको स्थायी समिति बैठक २ दिनका लागि स्थगित भएको छ । एक सातादेखि धुम्बाराहीस्थित पार्टी कार्यालयमा चलिरहेको बैठक ११ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नआएपछि बस्न सकेन ।

आजको बैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले स्थायी समिति सदस्यले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम थियो । सबै स्थायी समिति सदस्य समयमै पार्टी कार्यालय पुगेर ओलीलाई कुरेका थिए । 

तर, प्रधानमन्त्री ओली ‘व्यस्तताका कारण’ उपस्थित हुन नसकेपछि बैठक स्थगन गरियो । 

प्रधानमन्त्री ओली सरकारी वकिलहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा व्यस्त भएकाले बैठकमा जान ढिला भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताएका छन् । 





  • प्रकाशित मिति : पुस ८, २०७५ आइतबार २१:३७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया