दीपेन्द्र ऐरीले तोडे ज्ञानेन्द्र मल्लको कीर्तिमान

नेपाली टोलीका मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले पूर्वकप्तान ज्ञानेन्द्र मल्लको कीर्तिमान तोडेका छन् । उनले टी–२० अन्तर्राष्ट्रियमा एकै पारीमा सर्वाधिक रन बनाउने मामलामा ज्ञानेन्द्रको रेकर्ड तोडेका हुन् । 

दीपेन्द्रले यो उपलब्धि घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत मलेसियाविरुद्ध हासिल गरे । उनले ५७ बलमा १० चौका र ६ छक्कासहित ११० रनको अविजित शतकीय पारी खेले ।

यसअघि टी–२० अन्तर्राष्ट्रिय एक पारीमा सर्वाधिक रन बनाउने रेकर्ड ज्ञानेन्द्रको नाममा थियो । उनले सन् २०१९ मा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध ५५ बलमा ५ चौका र ९ छक्कासहित १०७ रनको पारी खेलेका थिए । अब मल्लको सो रेकर्ड ऐरीले तोडेका छन् ।  






  • प्रकाशित मिति : चैत १९, २०७८ शनिबार १४:४७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया