इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ । सिटी घरेलु टोली बर्नलीमाथि २–० ले विजयी भएको हो ।
ट्रफ मोरमा भएको खेलको पाँचौं मिनेटमा केभिन डि ब्रुएनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २५ औं मिनेटमा इल्के गुन्डोगनले गोल गरेपछि पाहुना टोलीले २–० को जित हात पार्यो ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको सिटीले ३० खेलमा ७३ अंक जोड्दा पराजित बर्नली २८ खेलमा २१ अंकका साथ १९ औं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।