‘अरूको कुण्ठित मनहरूको जिम्मा तिमीले लिनु पर्दैन’

कलाकार करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गरेपछि थप चर्चामा छिन् । आफ्नो अभिव्यक्ति र सामाजिक सञ्जालमा लेख्ने स्टाटसका कारण उनी थप चर्चामा रहेकी हुन् ।

एमाले प्रवेश गरेपछि करिश्मा सामाजिक सञ्जालमा थप सक्रिय भएकी छन् । उनले लेख्ने स्टाटस होस् वा भाषण पछिल्लो समय ‘भाइरल’ भइरहेका छन् । यसैबीच, आइतबार बिहानै करिश्माले एउटा स्टाटस लेखिन्, ‘आफ्नो कर्म गर्दै जाऊ, अरूको कुण्ठित मनहरूको जिम्मा तिमीले लिनु पर्दैन ।’ 

स्थानीय तहको निर्वाचन नजिकिएका बेला उनी एमाले प्रवेश गरेकी हुन् । त्यसअघि करिश्मा डाक्टर बाबुराम भट्टराई नेतृत्वको तत्कालिन नयाँ शक्ति नेपालमा थिइन् । यद्यपि, बीचमा उनी राजनीतिमा सक्रिय थिइनन् ।  
 





  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार ७:२३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया