बलिउड अभिनेत्री मलाइका अरोरा सडक दुर्घटनामा परेकी छन् ।
उनी हिजाे (शनिबार) मुम्बई-पुणे एक्सप्रेसवेमा खोपोली नजिक सडक दुर्घटनामा परेकी हुन् ।
दुर्घटनामा परी उनी सामान्य घाइते भएकी छन् ।
समाचार एजेन्सी पिटिआईका अनुसार मलाइकालाई अस्पतालमा भर्ना गरिएको छ ।
उनी पुनेबाट मुम्बई फर्किंदै गर्दा शनिबार साँझ करिब ५.४५ बजे घटना भएको एक प्रहरी अधिकारीले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।