अजरबैजानको राजधानी बाकुमा रहेको एक नाइट क्लबमा शक्तिशाली विस्फाेट भएको छ ।
विस्फाेटमा परी एक जनाकाे मृत्यु भएकाे छ भने ३१ जना घाइते भएका छन् । घाइतेहरूकाे अस्पतालमा उपचार भइरहेकाे छ ।
दुर्घटनाकाे भिडियो सामाजिक सञ्जालमा सेयर भइरहेकाे छ । भिडियाेमा आपतकालीन सेवाका कर्मचारीहरूले नाइटक्लबबाट मानिसहरूलाई बाहिर निकालेको देख्न सकिन्छ । सडकमा जताततै भग्नावशेष देखिन्छ ।
आपतकालीन सेवाका कर्मचारीले बिहान तीन बजेतिर फाेन आएकाे जानकारी दिए ।
सरकारी स्वामित्वमा रहेको ग्यास कम्पनी अजेरी ग्यासका प्रवक्ताले प्रोपेन ग्यास सिलिन्डर विस्फोटका कारण विस्फोट भएको हुनसक्ने बताएका छन् ।
घटनाकाे बारेमा अनुसन्धान भइरहेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।