ब्राजिलमा बाढीपहिरो : १४ जनाको मृत्यु, ५ जना बेपत्ता
फाइल फाेटाे

अविरल वर्षापछिको बाढीपहिरोमा परी ब्राजिलको रियो दी जेनेरियो राज्यमा आठ बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् । 

दुई दिनको भारी वर्षाले दक्षिणपूर्वी राज्यको एट्लान्टिक तटको ठूलो भाग प्रभावित भएको छ । 

आगामी दिनमा अझै धेरै वर्षा हुने अनुमान गरिएको छ । 

बाढीबाट मृत्यु हुनेहरूमा एक महिला र उनका ६ वर्षका सन्तान पनि छन् । बाढीले उनीहरूको घर पनि बगाएको थियो । 

उद्दार कार्यमा सघाउन संघीय सरकारले सैन्य विमान पठाएको राष्ट्रपति जैर बोल्सोनारोले बताएका छन् । 

६ साताअघि पेट्रोपोलिस सहरमा अविरल वर्षापछिको बाढीपहिरोमा २३३ जनाको मृत्यु भएको थियो । 
 





  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार ११:५४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया