पाकिस्तानी प्रधानमन्त्री खानले गरे संसद भंग, चुनावको तयारीमा लाग्न जनतालाई आह्वान
फाइल तस्वीर

पाकिस्तानको राष्ट्रियसभामा इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । त्यसलगत्तै उनले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् ।

राष्ट्रियसभामा विपक्षीले ल्याएको अविश्वासको प्रस्ताव अस्वीकृत भएपछि खानले देशका नाममा सम्बोधन गर्दै अब जनताले चुनावको तयारी गर्नुपर्ने बताएका हुन् ।

खानले देशवासी सम्बोधन गर्दै संसद भंग गरेर फेरि चुनाव गराउन राष्ट्रपतिलाई सिफारिस गरेको बताए । सम्बोधनमा उनले भने– 'हामी न्यायका लागि जनतामाझ जानेछौँ । आगामी निर्वाचनको तयारी गर्न जनतालाई अपिल गर्दछौं ।'

त्यसअघि पाकिस्तानको राष्ट्रियसभाका उपसभामुखले विदेशी षड्यन्त्र भएको आरोप लगाउँदै धारा ५ बमोजिमको अविश्वासको प्रस्ताव खारेज गरिए । योसँगै राष्ट्रियसभा २५ अप्रिलसम्मका लागि स्थगित गरिएको थियो । त्यसलगत्तै खानले राष्ट्रपतिलाई राष्ट्रियसभा भंग गर्न सिफारिस गरेका हुन् ।





  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार १३:४७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया