भ्यू टावर र गेटका नाममा अनावश्यक खर्च भइरहेको छ : शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपालमा गेट र भ्यू टावर बनाउने नाममा अनावश्यक खर्च गरिएको गरिएको बताएका छन् । 

तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित सिमलटार खानेपानी आयोजनाको उद्घाटन गर्दै डा कोइरालाले देशका विभिन्न ठाउँमा गेट र भ्यू टावर बनाउने नाममा अनावश्यक खर्च गरिएको बताएका हुन् । उनले त्यसमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्नेमा जोड दिए । 

'विकासका लागि पैसा छैन भन्छौँ, भ्यू टावरमा अनावश्यक खर्च गरिरहेका छौँ, मधेसमा जानुभयो सडक सडकमा गेट बनाइराखेका छन्', उनले भने, 'यस्तो काम रोकिनुपर्छ ।' 

कांग्रेसका नेता तथा कार्यकर्ताले घोषणापत्र बनाउँदा भ्यू टावर बनाउँदैनौँ भनेर प्रतिज्ञा गर्नुपर्ने उनले उल्लेख गरे । 

उनले घोषणापत्रमा भ्यू टावर बनाउँदा लाग्ने खर्च अस्पताल, विद्यालयमा लगानी गर्छौं भनेर प्रतिबद्धता गर्न नेता कार्यकर्तालाई सुझाव दिए । उनले त्यसो गरेको खण्डमा नेपाली कांग्रेसका लागि फाइदा हुने पनि बताए ।

डा कोइरालाले तनहुँ सुगम भए पनि मानिस अझै पनि डोकामा पानी लिन जानुपर्ने अवस्था विडम्बना रहेको बताए । 'देश कस्तो अवस्थामा गुज्रिरहेको छ भन्ने यसले देखाएको छ, तनहुँमा त यस्तो अवस्था छ भने दुर्गम जिल्लामा के अवस्था होला भनेर बुझ्न जरुरी छ', उनले भने ।





  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार १४:३८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया