कञ्चनपुर वेदकोटका मेयरले छोडे एमाले, माधव नेपालले गरे स्वागत
फरकधार / २० चैत, २०७८

स्थानीय तह निर्वाचनको मुखमा नेकपा एमालेबाट विजयी कञ्चनपुर वेदकोट नगरपालिकाका नगर प्रमुख (मेयर) अशोककुमार चन्दले पार्टी छाडेका छन् । 

मेयर चन्दले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनलाई समाजवादीका अध्यक्ष माधव नेपालले आइतबार एक कार्यक्रमका बीच स्वागत गरे । उनी ५ जना वडा अध्यक्षसहित एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

नेकपा एकीकृत समाजवादी वेदकोट नगर कमिटीले वेदकोट–३ मा आयोजना गरेको चुनाव केन्द्रित आमसभामा एमालेका प्रदेश कमिटी सदस्यसमेत रहेका चन्दसहित अधिकांश नेता, कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।



एमाले त्यागेर समाजवादी प्रवेश गर्ने तयारी गरेका मेयर चन्द एमालेमा दश बुँदे पक्षधर हुन् । मेयर चन्दसहित वेदकोट नगरपालिकाको एमालेको ठूलो पंक्ति एकीकृत समाजवादीमा समाहित भएको छ । 



गत पुस अन्तिम साता भएको एमाले जिल्ला अधिवेशनमा माओवादी पृष्ठभूमिका वीरबहादुर थापा पातल समूहबाट मेयर चन्द सचिवमा चुनाव लडेका थिए । उनी भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट प्यानलका पल्लवराज भट्टसँग ७ मतले हारेका थिए ।

  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार १६:२५:५२,   अन्तिम अपडेट : चैत २०, २०७८ आइतबार १६:२८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया