नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको निवेदनमा सर्वोच्चले चैत २७ गतेका लागि पेसी तोकेको छ। ओलीले माधवकुमार नेपालसहित १४ सांसदको पद खारेज गर्न माग गर्दै रिट दायर गरेका थिए ।
न्यायाधीश अनिल सिन्हा र सुवेदीको इजलासमा पेसी रहेको थियो। न्यायाधीश नहकुल सुवेदीले उक्त मुद्दामा हेर्न नमिल्ने भएपछि आइतबार मुद्दाको सुनुवाइ सारिएको हो ।
यसअघि इजलासले आजदेखि अन्तिम सुनुवाइ सुरु गर्ने भनी पेसी तोकेको थियो। इजलासमा पक्ष र विपक्ष दुवैका कानुन व्यवसायी बहसका लागि पुगेपछि न्यायाधीश सुवेदीले आफूले मुद्दा हेर्न नमिल्ने जानकारी गराएका हुन्।
यसअघि न्यायाधीश सुवेदीले सांसद सोमप्रसाद पाण्डेको मुद्दामा अन्तरिम आदेश जारी गरेका थिए । सोबेला एकीकृत समाजवादी पार्टीबारे धारणा दिएकाले अफू थप सुनुवाइमा नबस्ने निर्णय सुवेदीले गरेका हुन्।
निवेदकका कानुन व्यवसायीहरुले इजलासबाट सुनुवाइको मिति तोकिनुपर्ने माग गरेका थिए। सोही मागअनुसार अदालतले चैत २७ गतेका लागि पेसी तोकेको हो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।