logo-img

माओवादीले पुर्चौंडीको मेयरमा कुँवरलाई उठाउने

स्थानीय तहको निर्वाचन नजिक आएका बेला राजनीतिक दलहरु उम्मेदवार छान्न व्यस्त छन् । बैतडीमा सत्ता गठबन्धनका दलहरुले एक्लाएक्लै उम्मेदवारी घोषणा गर्न थालेका छन् । सत्ता गठबन्धन दलहरुले चुनावी तालमेल गर्ने निर्णय गरेको भए पनि बैतडीमा भने कांग्रेस र माओवादीले आ–आफ्ना छुट्टाछुट्टै उम्मेदवार घोषणा गर्न थालेका छन् । 

नेकपा माओवादी केन्द्रले बैतडीको पुर्चौंडी नगरपालिकाको मेयरमा विक्रम कुँवर (प्रतीक)लाई उम्मेदवार बनाउने निर्णय गरेको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज नरेन्द्र कुँवर, प्रदेश कमिटी उपाध्यक्ष रणबहादुर कुँवरलगायत नेताको उपस्थितिमा कुँवरलाई मेयर पदको उम्मेदवार घोषणा गरिएको माओवादी केन्द्र प्रदेश कमिटी सदस्य कृष्णप्रसाद बडु (भाष्कर)ले बताए ।
 
गएको स्थानीय तहको निर्वाचनमा पनि पुर्चौंडी नगरपालिकामा माओवादी केन्द्रले नै जितेको थियो । माओवादी पुर्चौंडीलाई आफ्नो जनाधार भएको क्षेत्र मान्दै आएको छ । सत्ता गठबन्धनभित्र चुनावी तालमेल भए पनि पुर्चौंडीमा मेयर पद नछाड्ने हिसाबले उम्मेदवारी घोषणा गरिएको बडुले बताए । 

मेयर पदमा अघि सारिएका कुँवर माओवादी केन्द्रका जिल्ला सह–इन्चार्ज र प्रदेश कमिटी सदस्य हुन् । पार्टीले मेयर पदको उम्मेदवार घोषणा गरेपछि चुनावी अभियान तीव्र गतिमा अघि बढाइएको माओवादी केन्द्र पुर्चौंडीले जनाएको छ ।





  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया