तीन डिआइजीको मुद्दा न्यायाधीश रेग्मीको इजलासमा

प्रहरी नायव महानिरीक्षक (डिआइजी) ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीकाे दायर रिटको पेसी आज पनि तोकिएको छ । 

आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको थियो । तर, हेर्न नमिल्ने सूचीमा राखियो । आज पनि सर्वोच्चले रेग्मीकै इजलासमा रिटको पेसी तोकेको छ । 

तीन डिआइजी गृहसचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले एआइजी पदमा बढुवा गर्दा विभेद गरेको भन्दै सर्वोच्च अदालत पुगेका हुन् । 

रिटमा उनीहरूले कनिष्ठ डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिँदा आफूहरूमाथि विभेद भएको भन्दै बढुवा सिफारिस गर्ने निर्णय बदरको माग गरेका छन्।

सर्वोच्च जानुअघि उनीहरूले बढुवाविरुद्धको सुनुवाइ समिति पुगेर उजुरी दिएका थिए । समितिले बढुवा गर्ने निर्णयमा कैफियत नदेखिएको ठहर गरेको थियो ।

त्यसपछि गएको बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस भएका डिआइजीहरू वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई बढुवा गर्ने निर्णय गरेको थियो । 



डिआइजीको वरीयतामा भने पन्त तेस्रो, सिंह छैटौं र धानुक आठौंमा थिए ।  
 



  • प्रकाशित मिति : चैत २१, २०७८ साेमबार ११:८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया