अछाममा वडासम्मै तालमेल गर्ने कांग्रेस, माओवादी र समाजवादीबीच सहमति

अछाममा तीन राजनीतिक दलले स्थानीय तह चुनावमा वडासम्म नै तालमेल गर्ने निर्णय गरेका छन् । सोमबार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको जिल्लास्तरीय नेताको बैठकले चुनावी तालमेल गरेर जाने निर्णय गरेका हुन् ।

कांग्रेस सभापति पुष्पबहादुर शाह, माओवादी संयोजक रवीन्द्र साउँद र नेकपा एकीकृत समाजवादीका अध्यक्ष हिरण्ड भट्टराईले जिल्लाका १० स्थानीय तह र ९१ वडामा चुनावी तालमेल गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

स्थानीय तहका कमिटी र कार्यसमितिलाई गठबन्धनको मर्म र भावनाअनुसार अघि बढ्न सार्वजनिक रूपमा अनुरोध गरिएको उनीहरूले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 





  • प्रकाशित मिति : चैत २१, २०७८ साेमबार १२:७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया